दफा २२
श्रव्यदृश्य संवाद (भिडियो कन्फरेन्स) को माध्यामबाट संकलित प्रमाणको अभिलेखिकरण गर्ने
: (१) संहिताको दफा १६ को उपदफा (६) बमोजिम शारीरिक अस्वस्थताका कारणले वा सुरक्षाका कारणले अनुसन्धान अधिकारी समक्ष उपस्थीत हुन नसक्ने अवस्थाको व्यक्तिसँग श्रव्य- दृश्य संवाद (भिडियो कन्फरेन्स) को माध्यमबाट लिएको बयान वा गरिएको सोधपुछ वा संहिताको दफा १८४ बमोजिम लिइएको बयान, कागज वा कुनै लिखत पछि सुन्न, हेर्न वा पढ्न सक्ने गरी पेनड्राइभ, सि.डि. जस्ता कुनै विद्युतीय वस्तु वा उपकरमा रेकर्ड गरी राख्नु पर्नेछ ।
(२) संहिताको दफा १६ को उपदफा (१) बमोजिम कुनै जघन्य वा गम्भीर प्रकृतिका कसूरका सम्बन्धमा अभिययुक्तको वयान लिएकोमा सो को लेखबद्ध अभिलेखको अतिरिक्त श्रव्य- दृश्यको संवाद पनि सुरक्षित राख्न आवश्यक र मनासिव छ भन्ने अनुसन्धान अधिकारीलाई लागेमा सरकारी वकील समक्ष गरेको अभियुक्तको वयानलाई श्रव्य-दृश्यको साधनमा अभिलेखबद्ध गर्न, गराउन सक्नेछ।
(३) उपनियम (१) र (२) बमोजिम राखिएको रेकर्ड सम्बन्धित अधिकारीले प्रमाणित गरी कसैले तोडमोड वा फेरवदल (ट्याम्परिङ्ग) गर्न नसक्ने व्यवस्था मिलाइ सुरक्षितसाथ राख्नु पर्नेछ।